ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • राष्ट्रिय युवा संघद्वारा सहयोग हस्तान्तरण

    राष्ट्रिय युवा संघद्वारा सहयोग हस्तान्तरण

    Share

    जेठ ०१, बाैनिया

    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५ औं बर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपाल संस्थाद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण गरेको छ ।
    सहयोग हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचन रहनु भएको थियो साे कार्यक्रमका विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलि हुनुहुन्थ्यो ।
    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य कपेन्द्र रावल (कमल) , नेकपा एमाले माेहन्याल गाउँ कमिटी अध्यक्ष भवानी प्रसाद देवकाेटा लगाएतले शुभकामना मन्तव्य व्यत्त गरेका थिय ।
    उत्त अवसरमा प्रमुख अतिथिको आसनबाट बाेल्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचनले राष्ट्रिय युवा संघ नेपाली युवा हरु गाेलबद्घ रुपमा रहेकाे युवाहरुकाे सबैभन्दा ठुलो संगठन भएको जिकिर गर्दै युवाहरु सधैं परिवर्तनको पक्षमा रहनुपर्ने कुरामा जाेड दिनु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै तुलाचनले युवाहरू परिवर्तनका संबाहक भएकाले युवाहरु आबद्ध रहेका संगठन का क्रियाकलाप फरक हुनुपर्ने बताउनु भएको थियो ।
    कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलिले राष्ट्रिय युवा संघ नेपाल स्थापनाकाे ३५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यत्त नेकपा एमाले पार्टिलाइ मजबुत बनाउने महत्त्वपूर्ण जिम्मेवार राष्ट्रिय युवा संघ नेपालको काधमा रहेको बताउदै साेहि बाटाेमा एक भएर अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभएको थियोे ।
    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एव बर्दगाेरिया गाउपालिका इञ्चार्ज रामचन्द्र कठरिया , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य विराज धमाला लगाएता राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य र विभिन्न पालिकाका अध्यक्ष हरुकाे सहभागिता रहेको थियो ।
    राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राजेन्द्र रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी उप सचिव छत्र बुढाले गरेका थिए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री