कञ्चनपुर, असार २० गते । दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पञ्चेश्वर गाउँपालिका–५ बस्ने खट्टे चन्दका छोरी ३९ वर्षीया कलावती चन्द र छोरा ५८ वर्षीय गम्भिर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले वैशाख २८ गते दोहोर नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिनुभयो ।
प्रवक्ता डाँगीका अनुसरा उनीहरुलाई प्रहरीले सोमबार मात्र पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कञ्चलनपुर जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धन भइरहेको जानकारी उहाँले दिनुभयो ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी