कञ्चनपुरमा कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपिट तथा लुटपाट गर्ने बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए।
द्रोपतीले घाटीमा लागाएको ८ (आठ) आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो। कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ। से.२ प ८३६२ नम्बरको मोटरसाईकलमा सवार दुबैजनाको नामथर खुलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी