ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • धनगढीमा लागूऔषधसहित डोटीका दुई युवक पक्राउ

    धनगढीमा लागूऔषधसहित डोटीका दुई युवक पक्राउ
    Spread the love

    धनगढीः धनगढीमा लागूऔषधसहित डोटीका दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-३ को त्रिनगर पोष्ट अगाडीबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित डोटीको के.आई.सिंह गाउँपालिका-१ बस्ने २० वर्षीय निश्चल शाही र के.आई.सिंह गाउँपालिका-२ का २१ वर्षीय मनोज रावल आईतवार दिउँसो पक्राउ परेका हुन्।

    भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोईन फेला पारी दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी