ई-घोडाघोडी खबर

१७ कार्तिक २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • वसन्ता क्षेत्रमा बाढी, भीमदत्त राजमार्ग अवरुद्ध

    वसन्ता क्षेत्रमा बाढी, भीमदत्त राजमार्ग अवरुद्ध
    Spread the love

    धनगढी — सोमबार रातिको अविरण वर्षापछि कैलालीको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् भने पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

    सोमबार रातिको अविरल वर्षाका कारण भीमदत्त राजमार्ग अन्तर्गत कैलालीकाे चुरे गाउँपालिका–५ बुढीतोला खानीडाँडा खण्ड बीचमा करिब २ सय मिटर भासिएको सडक । तस्बिर साैजन्य : बालकृष्ण सापकोटा

    कैलारी गाउँपालिकाकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार वडा नम्बर ७ वसन्ता क्षेत्रमा पर्ने बर्का वसन्ता र छटकपुर वसन्ताका स्थानीय बस्तीहरुमा बाढी पसेको छ । अध्यक्ष चौधरीका अनुसार प्रभावित परिवार र क्षतिको एकिन विवरण प्राप्त भइसकेको छैन ।

    यस्तै, सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने राजमार्ग हो । प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका ४ बुढीतोलास्थित गोदावरी नगरपालिका ४ बुढीतोला, खानीडाँडा लगायत चार पाँच ठाउँमा पहिरो गएको छ ।

    सडक अवरुद्ध भएपछि अहिले दर्जनौं सवारी साधन र यात्रुहरु बाटोमै रोकिएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालका अनुसार पहिरो हटाएर सडक खुलाउने काम भइरहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी