ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

    अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
    Spread the love

     जिल्लाको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा गएराति आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् ।  

    २०८० जेठ ३० गते बेलुकी ८ देखि ९ बजेको बीचको समयमा सो वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हिमाली गाउँपालिकाका पदाधिकारीले जनाएका छन् ।

    वडा कार्यालयको ढोका तोडफोड गरी त्यहाँ रहेका महत्त्वपूर्ण कागजात जलाउनुका साथै तीन वटा कुर्सी, कम्प्युटर, प्रिन्टर समेत तोडफोड गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “भोलि त्यो वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि शिविर बसाल्ने तयारी थियो । वडा कार्यालयमा तोडफोड गरी कागजात जलाएपछि सो काम स्थगित भएको छ ।” 

    वडा कार्यालयनजिक कवाडी प्रहरी चौकी छ । प्रहरी चौकीबाट सो वडा कार्यालयमा पुग्न पैदल ५ मिनेटको समय लाग्छ । हिमाली गाउँपालिकाका स्थानीयको सहजताका लागि केही वर्ष यता कवाडीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको थियो ।

    नागरिकको जीउ धनको सुरक्षाका लागि त्यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गरे पनि यहाँका नागरिक असुरक्षित रहेको स्थानीय रामदल बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयनजिक जुवा, तास खेल्ने र जाँडरक्सी खाएर हल्ला गर्दैआएको भए पनि प्रहरीले उनीहरूलाई कहिले पनि सुझाव नदिएको बताउनुभयो ।

    कार्यालय तोडफोड गर्ने एक जनालाई पक्राउ गरेर सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी