कञ्चनपुरमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। झाडी सफाइको नाममा रूख काटेपछि वडाअध्यक्ष नै पक्राउ परेका हुन्। जिल्लाको बेलौरी छोटी भन्सार कार्यालयपरिसरभित्र रहेको झाडी सफाइका नाममा रूख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले अनुमतिविनै रूख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताए। संघीय सरकारमातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि साउन १३ गते वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो।
झाडी सफाइका क्रममा सरकारी कार्यालयपरिसरभित्र रहेका रूख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरीविरिुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर नियन्त्रणमा लिएको छ। भन्सार क्षेत्रबाट काटिएको रूख र दाउरा समेत वनले नियन्त्रणमा लिएको छ। सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको बताए।
कैलाली भन्सार कार्यालयमातहत रहेको बेलौरी छोटी भन्सार कार्यालयपरिसरमा रहेका रूख काटेपछि भन्सारसमेत रुष्ट भएको छ। भन्सारले वनलाई रूख कटानी गर्नेमाथि कारबाहीको माग अघि सारेर पत्राचार गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले अनुमतिविनै रूख कसैले पनि काट्न नपाउने बताए। झाडी सरसफाइका नाममा अनुमतिविनै कसैले पनि आरा नै लगाएर रूख काट्न नपाइने संरक्षणकर्मीहरु बताउँछन्।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी