ईन्द्रा केसी: सुखड ,कैलाली । सुदूरपश्चिम विश्व विद्यालयबाट बी एस सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा इन्टर्न गर्न गएका वीरेन्द्र चौधरीले असोज २० गते बिहान गोलाबारी भइरहेको देखे । प्यालेस्टाईनको बिद्रोही समुह हमासले आफ्नो सिमाना गाजा क्षेत्रबाट गोलाबारी गरि ईजरायलमा आक्रमण गरेको थियो । गाजा क्षेत्र सिमाना हो । वीरेन्द्रसहित १७ जना गाजा क्षेत्रबाट ३, ४ किलोमिटरको दुरीमा मात्रै थिए । झ्यालबाट बाहिर युद्ध भएको देखेपछि १७ जना नै बंकरभित्र पसे । युद्ध भएपछि सुरक्षित रहनका लागि बंकर भित्र पस्नु पर्छ भन्ने बारे उनीहरुलाई पहिला नै जानकारी थियो । बंकरभित्र पसेपछि उनीहरूले जोगिएको आभास गरे । ‘ बंकरमा छिरेर खुसी थियौ लाग्यो अब सुरक्षित छौ, वीरेन्द्र भन्छन कोहि साथीहरू लुँडो पनि खेलिरहेका थिए, ‘तर उनीहरुको खुशि धेरै बेर रहेन । त्यो युद्ध यति भयङ्कर होला भन्ने उनीहरुले सोचेका पनि थिएनन् ।
वीरेन्द्रकै आखा अगााडि साथिहरुलाई गोली हानि मारियो । आक्रमण हुदा बझाङका गणेशकुमार नेपाली ढोका नजिकै थिए । उनले बाहिरको भईरहेको भिडिओ खिचिरहेका थिए । भिडियो खिच्दै गर्दा उनीहरू बसेको नजिकै गोलाबारी भयो । गणेश भाग्दै भित्र जादा गोली लागि ढले । आफूहरू नेपाली भन्ने थाहा पाएपछि हत्या गर्दैनन् कि भन्ने आशाले लेकम– ५ दार्चुलाका दीपेशराज विष्टले ‘वि आर नेपाली’ भन्दै आत उठाउन थाले तर हमासले उनी माथि पनि गोलि हान्यो । गोली हानेर २ जनाको हतया गरेपछि हमासले २ ग्रीनेट बम उनीहरू भएतिर फाल्योे । एउटा बम विपीन जोशीले कोही नभएको तर्फ फालिदिए र अर्को त्यहीँ पड्कियो । विपीनले त्यो साहसले आफ्नो ज्यान बचेको वीरेन्द्र बताउछन । हमास बम फालेर त्यहाबाट गए । एउटा विपीनले पाखा लगाए पनि अर्को त्यहीँ पड्किदा ५ जना घाइते भएका थिए । कसैका खुट्टाको तलतिरको कुर्कुच्चा नै थिएन, कसैको हातमा साह्रै चोट लाग्यो । उनीहरु घाईते भएको अवस्थामा तीन जना इजरायली सेना पुगेर घाईतेहरुलाई सामान्य उपचार गरेपछि उनीहरुलाई राहत भयो । तर केहि छिनमै ती सेनाहरु पनि सम्पर्कविहीन भए ।
वीरेन्द्र भन्छन,सायद उनीहरुलाई पनि आक्रमणकारीले संगै लगे । घटना भईसक्दा सम्म वीरेन्द्र लगायत केहीलाई किचनमा सारिएको थियो । फेरि ‘आतङ्ककारीहरू फाइरिङ गर्दै आए हामीहरू कोही टेबलमा कोही चामलका पछाडि लुक्यौ’, वीरेन्द्रले भने, ‘ उनीहरू आउने बित्तिकै विपीन जोशीलाई तानेर लगे र अरूलाई फाइरिङ गरे । किचनभित्र रहेका पाँचजना नेपालीलाई फेरि गोली लाग्यो । कैलालीको घोडाघोडीका नारायण न्यौपाने पीडाले छटपटाइरहेका थिए, फोनमा आफूलाई बचाउन हार गुहार गरिरहेका थिए उताबाट एम्बुलेन्स आउँछ भनिएको थियो ’, वीरेन्द्रले भने ‘ बाहिर एम्बुलेन्सको जस्तो आवाज आयो । उनी अब बचिन्छ भनेर बाहिर निस्कँदा उनको छातिमा गोली लाग्यो र उनी त्यहि ढले । सामान्य घाइते भएकाहरू पीडाले कराउँदा फेरि फर्किएर उनीहरूमाथि गोली हानियो ।
त्यस क्रममा कैलाली जोशीपुरका आशिष चौधरी, पचनाली– ३ डोटीका राजन फुलारा, लामिखाल– ८ डोटीका पदम थापा, शारदा– ३ सल्यानका प्रवेश भण्डारी र मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भयो । घाईते भएका मालिकार्जुन– ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही– ६ धनुषाका आनन्द साहको अत्यधिक रगत बगेर मृत्यु भयो । यसरी वीरेन्द्रकै अगाडि १० जना साथिहरुको एक पछि अर्को गर्दै मृत्यु भयो । वीरेन्द्र भन्छन, बंकरमा ग्रिनेड लागेर घाइते भएकाहरूको उद्धार गरी समयमा उपचार पाएको भए उनीहरु बाच्थे ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी