ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • ‘प्रगाढ सम्बन्धका साथ विकासका लागि अघि बढ्छौं’

    ‘प्रगाढ सम्बन्धका साथ विकासका लागि अघि बढ्छौं’
    Spread the love

    अविनाश चौधरी, कृतबहादुर विष्ट

    धनगढी, कात्तिक ११ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश विकासका लागि हिजोभन्दा अझ प्रगाढ सम्बन्धका साथ अघि बढ्ने बताउनुभएको छ ।

    प्रदेश सरकारद्वारा आज आयोजित दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहले प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको चर्चा गर्नुभयो ।

    उहाँले भन्नुभयो, “हामीले समृद्धि, विकासको खाका कोर्नु छ । त्यसैले मेरो सबैलाई निवेदन छकी अबको दिनमा हामी हिजोकोभन्दा प्रगाढ सम्बन्धका साथ प्रदेशको विकासका लागि अगाडि बढ्नेछौं । हामीलाई दुर्गा भवानीले आशिष दिनु हुनेछ ।”

    उहाँले दुर्गा भवानीको आशीर्वाद ग्रहण गर्दै सबैजना एकसूत्रमा बाँधिएर अगाडि बढ्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री शाहले दसैंमिलन कार्यक्रमले सत्तापक्ष र प्रतिपक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । “हाम्रा विगतमा भएको कमी कमजोरीलाई त्याग्दै भोलिका दिनमा हामी नयाँ शिराबाट अघि बढ्ने सन्दर्भको रुपमा पनि यसलाई लिएका छौं” उहाँले अगाडि भन्नुभयो, “दसैंमिलन कार्यक्रममार्फत एकजुट हुन चाहन्छौं र यो सन्देश देशभरी फैलाउन चाहन्छौं ।”

    शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, मन्त्रीहरु शिवराज भट्ट, प्रकाश देउवा, रमेश धामीसहित प्रदेश सभा सदस्य, राजनीतिक दल र पत्रकारको सहभागिता थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी