ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • खोलाले बगाउँदा महिलाको मृत्यु

    खोलाले बगाउँदा महिलाको मृत्यु
    Spread the love

    बाजुराको खप्तड छेडेदह गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका – ४ गवानीकी अन्दाजी २३ वर्षीया सङ्गीता साउद रहनुभएको छ । 

    आइतबार खप्तड छेडेदह गाउँपालिका –३ र ४ मा रहेको झिगिने बार्जुगाड तर्ने बेलामा खोलाले बगाउँदा साउदको मृत्यु भएको हो ।

    आमा छोरी नदी पार गर्नेक्रममा ९ वर्षीया छोरी बग्न थालेपछि छोरीलाई बचाउने क्रममा सङ्गीतालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । छोरी सकुशल रहनुभएको प्रहरीको भनाइ छ । 

    प्रहरीले सो खोलामा खोजतलास गर्ने क्रममा बगेको स्थानबाट झण्डै १५ देखि २० मिटर तल साउद मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी