ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • घर भत्किएपछि स्थानीय बास बस्ने चिन्ता

    घर भत्किएपछि स्थानीय बास बस्ने चिन्ता
    Spread the love

    शेरबहादुर सार्की
    बाजुरा, असार २२ गते ।
     बाजुरामा अविरल वर्षातका कारण घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–२ छतारास्थित दलित समुदायका घर दुई भत्किएपछि सो घरका स्थानीयालई बास बस्ने चिन्ता भएको हो ।

    मनसुन सुरु भएसँगै घर भत्किएपछि वर्षातको समय कहाँ गएर बस्ने भन्ने चिन्ता लागेको त्रिवणी नगरपालिका २ का स्थानीय राजु मिजारले बतउानुभयो ।

    उहाँले भन्नुभयो, “हिउँदमा भूकम्पले जोगिएको घर वर्खाको समय पूरै भत्किएपछि अहिले बास बस्ने चिन्ता परेको छ ।”

    हिउँदमा त आगो बालेर जता पनि बास बस्न सकिन्थ्यो । तर अहिले वर्खाको समय पानी परेको छ  । यस्तो अवस्थामा कहाँ गएर परिवारलाई राख्ने चिन्ता लाग्न थालेको मिजारले बताउनुभयो ।

    दिउँसो धान रोपाइँको चटारो परेको छ । धेरै थाकिन्छ राती राम्रोसँग सुतौ भने घरको हालत यस्तो छ । यती बेला कहाँ गएर कसरी बसोबास गर्ने स्थानीय पदम मिजारले बताउनभुयो ।

    यो समस्या त्रिवेणीमा मात्र होइन जिल्लाका अन्य ठाउँमा पनि यस्तै छ । हिउँदमा भूकम्पले चर्काएका घर वर्खाको समय थोरै पानी परेपनि भत्किन थालेका छन् ।

    कहिले भूकम्प र कहिले बाढीपहिरोका कारण यहाँका स्थानीयलाई वर्षेनी सधैँ यसरी नै सास्ती खेप्दै आउनु परेको मिजारले बताउनुभयो ।

    अविरल वर्षातका कारण घर भत्किएपछि अहिले वडा पालिकाको पहलमा प्रहरी जानकारी गर्दै मुचुल्का बनाउँने काम भइरहेको छ ।

    गत वर्ष भूकम्पका कारण उठिबास भएको अधिकांश परिवारका घर निर्माण गरेर उनीहरुलाइ सुरक्षित ठाउँमा बसाल्ने काम भए पनि यती बेला वर्खाको समय पानीले भत्किएका घर निर्माण गर्ने काममा भने समस्या भएको छ ।

    घरमा बस्ने अवस्था नभएकाले उनीहरुलाई त्रिपालको व्यवस्था गर्दै सुरक्षित ठाउँमा बसोबास गर्नका लागि परेको त्रिवेणी नगरपालिका २ का वडा अध्यक्ष बीरबहादुर विकले बतताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी