ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

    जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते
    Spread the love

    कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा  बाजुरा जिल्ला हिमाली गाउँपालिका –५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेका छन् ।

    आइतबार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर भन्दा तल सेती नदीमा खसेको छ ।

    दुर्घटनामा परि घाइते भएकाहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  बोलेरो चालक बाजुरा जिल्ला गौमुल गाउँपालिका –४ काँडा कोट बस्ने वर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी