इन्द्राकुमारी केसी घोडाघोडी (कैलाली), वैशाख ३० गते । कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ । यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तर्राष्ट्रिय महत्त्व बोकेको एक समृद्ध पारिस्थितिक प्रणालीसमेत हो, जहाँ थुप्रै दुर्लभ वनस्पति र जीवजन्तु पाइन्छन् । घोडाघोडी सिमसारमा पाइने विभिन्न जलचर, पन्छी, वन्यजन्तु र वनस्पतिहरूका कारण यस क्षेत्रलाई जैविक विविधताका दृष्टिले अति नै महत्त्वपूर्ण मानिन्छ । सांस्कृतिक आस्था र धार्मिक विश्वासले समेत समेटिएको यो क्षेत्र सन् २००३ को अगस्टमा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो । चुरे र तराई भूभागको सङ्गमस्थलमा फैलिएको यो सिमसारले धार्मिक, प्राकृतिक तथा पर्यटकीय पक्षलाई एकैसाथ समेटेको छ । दुई हजार ५६३ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारभित्र घोडाघोडी, नकरोडलगायत २४ वटा तालले १४७ हेक्टर भूभाग ओगटेका छन् । एक तालको समाप्ति नहुँदै अर्को ताल सुरु हुने भएकाले यो सिमसार क्षेत्र तालहरूको मालाजस्तै देखिन्छ । उष्णप्रदेशीय पतझर वनभित्र फैलिएको यो क्षेत्र... विस्तृतमा


डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी