वासुलिङ, बैतडी, जेठ २१ गते । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानले खेतीपाती नै छाड्न थालेका हुन् । वर्षभरि दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै नष्ट हुन थालेपछि कृषिप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लाका अधिकांश गाउँमा बाँदर आतङ्क बढेसँगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको स्थानीय बताउँछन् । बाली रोपेदेखि भित्र्याउने समयसम्म बाँदरले क्षति पुर्याउन थालेपछि खेती गर्न नै निरुत्साहित भएको दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाम गोठालापानी नजिकका गाउँमा केही वर्षअघिसम्म फलफूल, तरकारी र अन्नबालीले भरिने खेतबारी अहिले बाँझिन थालेका छन् । बाली लगाउँदा पनि बाँदरले नष्ट गर्छ, पाकेपछि पनि जोगाउन सकिँदैन ।” पाटन नगरपालिका–३ की निर्मला भट्टका अनुसार बाँदर आतङ्कले गाउँको स्वरूप नै फेरिएको छ । पहिला हरियालीले भरिएका खेतबारी अहिले बाँझो देखिन थालेका छन्, उहाँले भन्नुभयो । उहाँका अनुसार १८ रोपनी खेतमध्ये अधिकांश जमिन प्रयोगविहीन बनेको छ । “एक सिजनमा पाँच–छ लटसम्म... विस्तृतमा


डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी