ई-घोडाघोडी खबर

१९ कार्तिक २०८२, बुधबार

  • Mohrain Tours and Travels
  • दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात

    दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात
    Spread the love

    कृष्णबहादुर धामी

    खलङ्गा (दार्चुला), कात्तिक ११ गते । दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ ।

    सोमबार रातिदेखि मौसम बदली भएसँगै  यहाँको व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर छाङ्रुका गुल्मपति फणिन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । उहाँकोअनुसार अपि र नाम्पा हिमालमा हिमपात भइरहेको छ ।

    हिमाल नजिकै रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हाल सम्म हिमपात नभएको तथा अत्याधिक चिसो बढेको उहाँले बताउनुभयो । छाङ्रु र टिङ्कर गाउँमा खानेपानीका पाइपहरुमा पानी जमेर पानी आपुर्तीमा केहि समस्या समेत सिर्जना भएको बताइएको छ ।

    उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै छाङ्रु गाउँको तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो । सदरमुकाम खलङ्गामा समेत चिसो बढेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी