दार्चुलाको नौगाड गाउँपालिकामा एक महिलालाई ढुंगा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मंगलबार विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुंगा लागेको हो ।

गम्भीर घाइते हुनुभएकी धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका श्रीमान मलेसियामा रहेको बताइएको छ ।