कञ्चनपुर, कात्तिक २७ गते । कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको छ । विगत तीन वर्षदेखि मध्यवर्ती क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण बन्द रहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननको काम पुनः सञ्चालन गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत रहेका छ वटा मध्यवर्ती क्षेत्रमा रहेका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरिँदा निकुञ्जमा क्षति पुग्ने भन्दै २०७९ यता नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको थियो । नियमविपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन हुने गरेको भन्दै अदालतमा मुद्दा परेपछि उत्खनन बन्द गरिएको थियो तर उत्खनन गर्न पाउनुपर्ने मागसहित स्थानीयले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतको अन्तरिम आदेशपश्चात् उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्ने पाउने भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले प्रतिबन्ध हटेसँगै छ वटै मध्यवर्ती उपभोक्ता समितिबाट उत्खननका लागि उपभोक्ताबाट माग सङ्कलनको कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गते बसेको बैठकले... विस्तृतमा


निर्माण व्यवसाय गर्दै आएका गोकर्ण ओलीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा स्याउ खेती... विस्तृतमा
वैशाख १० गते हुने उपनिर्वाचन मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि... विस्तृतमा
डोनल्ड ट्रम्पले हरेक प्रचार राम्रोका लागि हुन्छ भन्ने मान्यता प्रमाणित गर्न आफ्नो जीवनभर प्रयत्न गरिरहेका... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी