सुरेश धामी बझाङ माघ १२ गते । बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । पुस्तौंदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा भोट माग्न आउने उम्मेदारहरूसँग लालपुर्जाको माग गरेका हुन् । आफुहरूले सात पुस्तादेखि बसोवास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त गर्न नसकेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो । ‘‘न त भूमिहीनको सूचीमा समावेश हुन सकेका छौ । न त जग्गाधनीको अधिकार पाएका नै छौँ ।’’ उहाँले भन्नुभयो, “पटक–पटक सरकारी कार्यालय धायौँ तर समस्या समाधान भएन । अब आश्वासनले पेट भरिँदैन, जसले लालपुर्जा दिन्छ उसैलाई फागुन २१ मा भोट दिन्छौँ ।” लालपुर्जा नहुँदा बैँक तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । विशेषगरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवाहरू जग्गाको कानुनी... विस्तृतमा


बझाङ: बझाङमा नियम विपरीत स्थानीयलाई पेस्तोल पट्काउन दिने एक प्रहरी असई पदबाट निलम्बित भएका छन्। जिल्लाको... विस्तृतमा
धनगढीः बझाङ केन्द्र भएर भूकम्प आएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमवार बिहान ११ः३७ मा जिल्लमा... विस्तृतमा
महेन्द्रनगर: नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग... विस्तृतमा
बझाङः बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना... विस्तृतमा
बझाङः धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको छ। धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख... विस्तृतमा
बझाङ: बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५२ म्याग्निच्युडको... विस्तृतमा
जिल्ला विपत् व्यवस्थापन समितिले १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि विभिन्न निकायबाट उपलब्ध भएको राहत... विस्तृतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ पुग्नुभएको छ । शुक्रबार नेपाली सेनाको... विस्तृतमा
बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको... विस्तृतमा
भूकम्पपछि बझाङका बासिन्दाले खुला चौरमै बास बसेका छन्। बझाङ बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले... विस्तृतमा
बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी... विस्तृतमा
बझाङको जैलु मण्डेलका हत्या आरोपी तीन दिनपछि आज (सोमवार) पक्राउ परेका छन्। छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी