कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीमा १ युवतीसहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीया अन्जली सुनार र सोही ठाउँबाट १ ग्राम खैरो हेरोईनसहित गौरीगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जय साउंदलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ७५० मिलिग्राम खैरो हेरोईनसहित गोदावरी नगरपालिका-१२ ओलानी बस्ने २० वर्षीय सन्जय परियारलाई पनि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। परियारलाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उता जानकी गाउँपालिका-१ दुर्गौली स्थित सडकखण्डबाट ४२० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २१ वर्षीय रेशम चौधरीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ भुजेलाबाट १.४० ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित  भीमदत्त नगरपालिका–१८ बस्ने १९ वर्षीय दिपक महरासहित तीन जनालाई मंगलवार साँझतिर प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनैलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

कञ्चनपुरबाट एक लाख २४ हजारका अवैध सामान बरामद

धनगढीः कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ विद्युत् कार्यालय र भुजेलाबाट अवैध भन्सार छलीको सामान बरामद गरिएको हो।

कञ्चनपुर प्रहरीले एक लाख २४ हजारको प्याज, चिनी, मिस्री गुड, मिभाई, तेल, सुट, चकलेट, पानीपुरी, किराना तथा हार्डवेयरका सामान बरामद भएको छ। प्रहरीले भन्सार छलीको सामान गड्डाचौकी भन्सार कार्यालय बुझाएको छ।

कैलालीमा भन्सार छलिका सामानसहित तीन जना पक्राउ

कैलालीः कैलालीमा तीन जना भन्सार छलिका सामानसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १९ हजार ४०० मूल्यको इन्डिगो कम्पनीका सुपर ग्लोस इनामेल २०० मिलिलिटरका डिब्बा थान १० र ५०० मिलिलिटरका डिब्बा थान १२ लगायतका सामान र गोदावरी-३ मालाखेतीबाट ४ लाख ६ हजार ४०० मूल्यको प्याज, मोटरसाईकल ३ थानसहित तीन जनालाई बुधवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उक्त सामानसहित पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ। यस्तै धनगढी उपमहानगरपालिका-५ हसनपुर, धनगढी-८ धनगढी गाउँ, धनगढी-९ बाङ्ग्राकटान, धनगढी-१२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७० हजार ९०० सय मूल्यको बिडी, प्लाष्टिक झिल्ली, जिरा, नरिवल धुलो, गुलाबजामन पाउडर, बेसन, केक चेरी लगायतका सामान र भजनी नगरपालिका-१ पडरीया, वडा नम्बर ६ नवलपुरबाट ७५ हजार बराबरको चिनी,ललिपप, चक्लेट मोटरसाईकलको व्यारिङ लगायतका सामान बराबद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका भुजेला र भीमदत्त-११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख १७ हजार ६८० बराबरको चिनि, मिश्री, गुड, तेल, चियापत्ती, मिठाई, कोटको कपडा, झुल, फोटो फ्रेम, धुप, कालो पोल्थीन, किट्नाषक औषधी लगायतका सामान र पुनर्वास नगरपालिका ११ देउरालीबाट १७ हजार ४७० बराबरको चिनी, सुर्ती, बिडी, नमकिन, चक्लेट लगायतका सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

एकै दिन कैलालीका ७ फरार प्रतिबादी पक्राउ

कैलालीः एकै दिन कैलालीका ७ फरार प्रतिबादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका बिभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका फरार प्रतिबादीः 

१) लागू औषध मुद्दामा ४ महिना ३ दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका
कैलालीको गादावरी नगरपालिका–५ बस्ने दिनरश चौधरी ।
२) सरकारी छाप किर्ते मुद्दामा ५ महिना २८ दिन कैद सजाय र रु.५० हजार जरिवाना
ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–१४ बस्ने धन बहादुर तामाङ् ।
३) सरकारी छाप किर्ते मुद्दामा ५ महिना २१ दिन कैद सजाय र रु.५० हजार जरिवाना
ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–१४ बस्ने दोर्चे लामा ।
४) जुवातास मुद्दामा २६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलालीधनगढी उपमहानगरपालिका–४ बस्ने देवराज पाठक ।
५) वन मुद्दामा रु. २ हजार ९५९ जरिवाना ठहर भएका कैलालीको गोदावरी नगरपालिका–७ बस्ने जिबन चौधरी ।
६) वन मुद्दामा रु.२ हजार ९५९ जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी नगरपालिका–७ बस्ने भोजलाल चौधरी ।
७) वन मुद्दामा रु.२ हजार ९५९ जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी नगरपालिका–७ बस्ने कर्मराज चौधरी रहेको प्रहरीले बताएको छ।

कैलालीमा नाबालकबाटै एक युवती जबरजस्ती करणीको सिकार

धनगढीः कैलालीमा एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन्।

उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो। लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए।

 

बझाङमा हत्या गरेको आरोपमा बाउसँगै छोरा समेत पक्राउ

बझाङः बझाङमा हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्बी नगरपालिका–७ सुबेडास्थित किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही स्थानका ४८ वर्षीय जयबहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेर हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

दश फरार प्रतिवादी पक्राउ

 कैलाली प्रहरीले फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरुलाई सजाय भुक्तानका लागि कैलाली जिल्ला अदालतमा बुझाएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा लागुऔषध मुद्दाको गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीय सञ्जय जनाला सुनार, बैङ्किङ कसुर मुद्दाको गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत, जालसाझी मुद्दाको भजनी नगरपालिकास्थित बिजुलियाका ४० वर्षीय खुशीराम डङ्गौरा, सोही ठाउँकै चन्नी डङ्गौरा थारु छन् ।

यस्तै, भजनी नगरपालिका–१ भजनी बजार बस्ने चेक अनादर मुद्दाका प्रतिवादी ३६ वर्षीय पुरन जैशी, लागुऔषध खैरो हेरोइन मुद्दाको प्रतिवादी लम्कीचुहा नगरपालिका–१० का भूपेश भन्ने शिशिर थापा पनि पक्राउ परेका छन् । थापालाई अदालतले नौ वर्ष ९ महिना २२ दिन कैद सजाय र १० लाख जरिवाना सुनाएको छ ।

यसैगरी, जुवा मुद्दाको प्रतिवादी टीकापुर नगरपालिका–१ का नृपबहादुर विष्ट, गाली बेइज्जती मुद्दाको सोही ठाउँकै मीनबहादुर कुँवर सङ्गीता कुँवर र ज्यान मार्ने मुद्दाको २९ वर्षीय सोनु बोगटीलाई प्रहरी पक्राउ गरेको छ । सोनुलाई अदालतले पाँच वर्ष कैद सजाय सुनाएको जनाइएको छ ।

दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद

धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १४ हजार ४० मूल्यको ४० जोर चप्पल र धनगढी उपमहानगरपालिका-५ बाट १२ हजार  मूल्यको चिनी, प्याज, मिश्री, चियापत्ती, साबुन, प्लाष्टिक लगायतका सामान बरामद गरिएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बिधुत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ३२ हजार ४८ मूल्यको चिनी, मिश्री, खानेतेल, दाल, नरिवल, चप्पल, किरानाका सामान लगायतका सामान बरामद गरिएको छ। उक्त सामान बिहीवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बैतडीबाट भन्सार छलीका सामान बरामद

बैतडीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

दशरथचन्द नगरपालिका-४ कल्वारमोडबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ८ हजार ५७० मूल्यको चिनी, बिडी, प्लाष्टिक जुत्ति, पानीपुरी लगायतका सामान बिहीवार साँझ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो।

धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

धनगढीः कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद सजाय ठहर भएपछि उनी फरार रहेका थिए।

धनगढीमा एक किशोर मृत फेला

धनगढीः कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्। उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।