बैतडी, कात्तिक १४ गते । क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन निस्कने लौठसल्लाको संरक्षण गरिएको छ । लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरेको हो । विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन लौठसल्ला प्रशोधन गरेर निकाल्न सकिने बताइएको छ । पछिल्लो समय डोजरले जथाभाबी सडक निर्माण गर्दा यो प्रजाति सङ्कटमा पर्न थालेको छ । लौठसल्लाबाट पाठेघर, फोक्सो, स्तन, टाउको, प्रोस्टेट, छाला र अन्न नलीको क्यान्सर निको पार्ने औषधी बन्ने गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताउनुभयो । बैतडीको ग्वाल्लेक र सिगास संरक्षित वनमा पाइने लौठसल्लाबाट क्यान्सर रोगविरुद्ध लड्ने रासायनिक तìवका लागि महìवपूर्ण भएकाले बिरुवा संरक्षण गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो । स्थानीय तहले जथाभाबी सडक खन्दा वन क्षेत्र मासिन थालेपछि पुरचौडी नगरपालिका–६, ढोल्यामोडमा रहेको वसन्त हरियाली वनमा रहेको लौठसल्ला रहेको चार हेक्टर वन क्षेत्रमा तारबार लगाएर... विस्तृतमा


पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी