ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • सार्वजनिक बिदाको दिनमा नागरिकता

    सार्वजनिक बिदाको दिनमा नागरिकता
    Spread the love

    जिल्ला प्रशासन कार्यालय बैतडीले चाडपर्वलगायत विभिन्न सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र दिने भएको छ तर शनिबार भने बिदा नै हुनेछ।

    प्रशासन कार्यालयले शनिबारबाहेक सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिने जनाएको छ। नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप बिदाको दिन सेवा प्रवाह गर्न थालेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो।

    वि.सं. २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ। यसअघि जिल्ला प्रशासन कार्यालयमा छिटोछरितो सेवा प्रदान गर्न भन्दै ‘टाइम कार्ड’ लागू गरिसकेको छ। 

    सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो। सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पूर्वाधारलगायतका अनेक चुनौती हुँदा पनि कार्यान्वयनमा ल्याउन खोजिएको उहाँले स्पष्ट पार्नुभयो। 

    यस्तै जिल्ला प्रशासन कार्यालयले पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरेको छ। सेवा लिन सहज होस् भनेर विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो। राहदानी र परिचयपत्रको सेवा लिन आएका सेवाग्राहीको अनलाइन फाराम भर्न कार्यालय हाताभित्र सूचना प्रविधि सहायता कक्ष स्थापना गरेर कर्मचारी खटाइएको छ। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी