ई-घोडाघोडी खबर

१७ माघ २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु

    ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु
    Spread the love

    एकेन्द्र महता
    अछाम, जेठ ५ गते । 
    अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।

    चौथो पटक व्यावसायिक उडानमा काठमाडौँदेखि १५ जना र कमलबजारदेखि १४ जनाले यात्रा गरेको नगर प्रमुख ढकालले बताउनुभयो । गत हप्ता मौसम खराबीका कारण उडान नभए पनि अन्य हप्तामा नियमित उडान हुने उहाँको भनाइ छ । वैशाख ७ गतेबाट व्यावसायिक उडानको उद्घाटनसहित सुरु भएको थियो ।

    यसैबिच निकट भविष्यमै कमलबजारमा नागरिक उड्डयन प्राधिकरणको कार्यालय समेत कमलबजारमै स्थापना गरिने भएको छ । नगर प्रमुख ढकालका अनुसार अहिले साँफेबगरबाट कर्मचारी खटाइने भए पनि निकट भविष्यमा कमलबजारमै कार्यालय स्थापना गरेर दुई जना कर्मचारी प्राधिकरणबाट खटाइने गरी पहल गरिरहेकाे उहाँले बताउनुभयो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरुमा आफ्नै कार्यालय रहेका दुई भवन जुन यस अघि प्रहरीको कार्यालय रहको थियो । प्रहरीको कार्यालय आफ्नै नयाँ भवनमा सरे पछि त्यसको मर्मत सम्भार तथा व्यवस्थापन गरेर कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो ।

    हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यावसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगर प्रमुख ढकालले बताउनुभयो । नियमित उडान हुँदा यस क्षेत्रका नागरिकलाई सहजता हुने भएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी