भवानीदत्त भट्ट
कञ्चनपुर, असार १६ गते । कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा भइरहेको छ । आइतबार रातिदेखि कञ्चनपुर, कैलाली र डडेल्धुरामा लगातार भारी वर्षा भइरहेको हो ।
भारी वर्षाको कारण कञ्चनपुर, कैलालीका बाढी जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । कञ्चनपुरको बेलौरीमा २४९ मिलिमिटर वर्षा मापन गरिएको छ ।
अहिले कञ्चनपुरको पुर्नवास, बेलौरी र कृष्णपुर, कैलालीको दोगावरी, धनगढी र डडेल्धुरामा भारी वर्षा भइरहेको महाकाली बेसिन कार्यालयका प्रमुख संजय कुमार शाहले बताउनुभयो । उहाँका अनुसार पछिल्लो १२ घण्टा यता बेलौरीमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षाको कारणले बेलौरीको कलकत्ता, शिवनगर, खल्ला कुण्डा, शान्तीपुर लगायतका क्षेत्रमा डुवाको जोखिम रहेको छ ।
भारी वर्षा भइरहेकाले सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । वर्षापछिको बाढीको कारण महाकाली नदी र मोहना नदिले सतह सर्तकता तह पार गरेकाले तल्लो तटिय क्षेत्रमा बस्ने स्थानीयहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । अत्याधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरुमा डुवानको जोखिम बढेको छ ।
सोमबार साँझ सम्म भारी वर्षा हुने अनुमान गरिएको महाकाली बेसिन कार्यालयका प्रमुख शाहले बताउनुभयो । उहाले भन्नुभयो,–“आज बेलुका सम्म भारी वर्षा हुने भएकाले तल्लो तटिय क्षेत्रमा बस्ने बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिन्छ ।”
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी