ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

    घोडाघोडी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
    Spread the love

    चाँदनी आचार्य
    घोडाघोडी(कैलाली) असार १८ गते । 
    कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र ०८१/०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ ।

    बुधबार नगरपालिका कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

    सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमि, पिसलाईट ईङलिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालय तर्फ जनज्योती माध्यामिक विद्यालय र छडी माध्यामिक विद्यालय रहेका छन् ।

    छडी र पिसलाईट विद्यालयले कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो भने जनज्योती र पायोनियरले एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ ।

    पायोनियर विद्यालयमा २८ जनाले एसइई दिएकोमा २७ जना पास भएका छन् । जसमध्ये आठ जना ए प्लस, ११ जना ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्रधानध्यापक कुलप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त विद्यालयबाट रक्षा बुढाले चार जिपीए ल्याई नेपालमै उत्कृष्टको लिष्टमा पर्न सफल हुनुभएका छन् ।

    त्यसैगरी ५१ वटा सामुदायिक विद्यालय रहेको घोडाघोडी नगरमा जनज्योती माध्यामिक विद्यालय जनकपुरले ७६ प्रतिशत नतिजासहित एसइई नतिजामा उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । उक्त विद्यालयमा ५१ जना एसइई परिक्षा दिएकामध्ये ४१ जना पास भएका छन् ।

    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले  नगरको शिक्षामा विगतमा भन्दा सुधार हुदै गएको बताउनुभयो । उहाँले नगरपालिकाको बजेटमा समेत शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयको भौतिक सुधारदेखि गुणस्तर सुधारमा ध्यान दिएको बताउनुभयो ।

    सम्मान कार्यक्रममा नगरपालिका शिक्षाशाखा प्रमुख खगेन्द्रबहादुर सिंह, उपप्रमुख गुलियाकुमारी चौधरी, वडा नम्बर १ का वडाअध्यक्ष एवम् प्रवक्ता घनश्याम ओझा, नगरशिक्षक महासंघका अध्यक्ष  काशीराम जोशीलगायतले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरशिक्षा समितिका पदाधिकारी, अभिभावक, विद्यार्थी, प्रधानध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी