ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमका १३ क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउन माग

    सुदूरपश्चिमका १३ क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक बनाउन माग
    Spread the love

    बैतडी, साउन ११ गते। बैतडीका दुईसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन माग गरिएको छ।

    बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस हाट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, दार्चुलाको शङ्करपुर बहुमुखी क्याम्पस पस्तीसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई आङ्गिक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियुका निर्वतमान उपाध्यक्ष गोविन्द गिरीले बताउनुभयो ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ क्याम्पसलाई आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।

    एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कञ्चनपुरको भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी र कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी, अछामको अछाम बहुमुखी क्याम्पस, डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस, कैलालीको लम्की बहुमुखी क्याम्पस र घोडाघोडी बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरेको छ ।

    यस्तै बझाङको बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस, कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न माग गरिएको छ।सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने निर्वतमान उपाध्यक्ष गिरीले बताउनुभयो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी