

एकेन्द्र महता
अछाम, साउन १८ गते । अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन् ।
थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ ।
उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पुर्याइएको थियो । थापा अचानक भएको बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन् ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी