

घाँस काट्न गएको बेलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको बिहीबार बिहान भीरबाट खसेर मृत्यु भएको हो ।
बिहान करिब ७ बजेतिर सोही वार्डको सिन्दुरे भन्ने भीरमा घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको मृतकका भतिजा सुवर्ण बुढाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी गएर जाँचबुझ गर्ने काम भइरहेको बताइएको छ । मृतकको पोष्टमार्टमका लागि पनि तयारी भइरहेको छ ।
मृतक पारुलाई माओवादी सशस्त्र द्वन्द्वका क्रममा अछाममा पहिलो महिला सहिदका रूपमा चिनिने बताइएको छ । सुरक्षाकर्मीका अनुसार पारुकी छोरी तुल्छी बुढा (उर्मिला) लाई २०५६ मा रामारोशनमै मारिएको हो।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी