ई-घोडाघोडी खबर

२७ कार्तिक २०८२, बिहीबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा निषेधाज्ञाबीच पनि यातायात सञ्चालन, यात्रुबाट मनलाग्दी भाडा असुलिएको गुनासो

    कञ्चनपुरमा निषेधाज्ञाबीच पनि यातायात सञ्चालन, यात्रुबाट मनलाग्दी भाडा असुलिएको गुनासो
    Spread the love

    भवानीदत्त भट्ट

    कञ्चनपुर, भदौ २८ गते । कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन् । यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिबार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।

    महेन्द्रनगर बसपार्कमा रहेको टिकट काउन्टर भने बन्द नै रहेको छ । काउन्टर नखुले पनि साना तथा ठुला सवारी साधनहरू सञ्चालनमा ल्याइएको यहाँका व्यवसायीहरूले बताएका छन् । लगातार तीन दिन यातायात ठप्प हुँदा जिल्लामा यात्रुहरू अलपत्र परेकाले सवारी साधन सञ्चालन गर्नुपरेको उहाँहरूको भनाइ छ ।

    यात्रुहरूको मागअनुसार यातायातका साधन सञ्चालनमा ल्याइएको बस व्यवसायीका पदाधिकारीहरूको भनाइ छ । महाकाली यातायात व्यवसायी सङ्घका अध्यक्ष डम्बर पन्तले जिल्लामा केही मात्रामा यातायातका साधनहरू सञ्चालनमा आएको बताउनुभयो । प्रशासनले निषेधाज्ञा जारी गरे पनि यहाँका बस व्यवसायी, ट्याम्पो व्यवसायी, अटो व्यवसायीहरूले सवारी साधन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

    काउन्टर नखुल्दा यातायात व्यवसायीहरूले मनलाग्दी भाडा असुलिरहेको यात्रुको गुनासो छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार साँझ ७ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी रहेको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले देशमा विद्यमान परिस्थितिको आँकलन गरी शनिबार साँझसम्म निषेधाज्ञा जारी रहेको बताउनुभयो । यसबिचमा यातायात सञ्चालनमा ल्याउन नहुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।  सञ्चालनमा आएका यातायातले घरबाट अथवा टिकट काटेर नै यात्रुहरूलाई नबोलाउन उहाँले आग्रह गर्नुभएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी