ई-घोडाघोडी खबर

१७ माघ २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • घोडाघोडीका जनतालाई कर माथि कर

    घोडाघोडीका जनतालाई कर माथि कर
    Spread the love

    प्रति ऐलानी जग्गा उपभोग गरेका घोडाघोडी नगरवासीले भूमि आयोग मार्फत फारम सङ्कलन हुने भए पछि भिटौरी कर तिरेका थिए । तर अहिले नगर सरकारले उनीहरूबाट फेरी कर असुल्ने निर्णय गरेको छ । 

    नगरपालिकाले ५ कट्ठा भन्दा बढी जग्गा भएकाले एक हजार र त्यो भन्दा बढी भएकाले १ हजार ५ सय कर तिरी निस्सा लैजान उर्दी जारी गरेको छ । भिटौरी कर लिइसकेको नगर सरकारले फेरी कर असुल्न थालेको भन्दै स्थानीयहरूले असन्तुष्टि पोखेका छन् । कतिपयले नगर सरकारले निर्णय नसच्याए आन्दोलित हुने समेत बताएका छन् । 

    ममता प्रसाद चौधरी नेतृत्वको विगतको नगर सरकाले ऐलानी प्रति जग्गालाई नम्बरी जग्गाको मूल्यमा ५० प्रतिशत कम दररेट हुने गरी निर्धारण गरेको थियो । नम्बरी जग्गाले तिर्ने तिरो अर्थात् करको ५० प्रतिशत कम रकम हुने गरी भिटौरी कर सङ्कलन गरिएको थियो । निस्सा भनेको त भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुले जग्गाको फारम भरेको प्रमाण हो । घोडाघोडीका पूर्व मेयर ममता प्रसाद चौधरीले भने,… “हामीले जनताबाट भिटौरी कर लिइसकेका हौ । मलाई लाग्छ चार किल्ला प्रमाणित गर्दा पनि वडाले सिफारिस दस्तुर लिएको छ । अनि फेरी कर किन लिने ? अनावश्यक कर लिएर जनतालाई मार पार्नु हुँदैन । जनताले जग्गा धनी प्रमाण पुर्जा लिँदा फेरी १० देखी २५ प्रतिशत सम्म कर सरकारलाई बुझाउनु पर्छ । नगरको यो निर्णय ठिक भएन ।” 

    यता घोडाघोडी नगरपालिकाका वर्तमान मेयर खडक बहादुर रावतले भने विगतमा कर सङ्कलन गरेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । विगतमा कर लिएको भन्ने मेरो जानकारीमा छैन । उनले भने,… “नाप जाँच गर्दा प्राविधिक खर्च व्यवस्थापन गर्नका लागी करका रूपमा राजस्व उठाउने निर्णय गरेका छौ । त्यो पनि अव्यवस्थितका लागी मात्रै हो । भूमिहीनलाई त नि:सुल्क गरेका छौ ।” 

    भिटौरी कर तिरेका, सिफारिस सुल्क तिरेका र जग्गा धनी प्रमाण पुर्जा लिँदा पनि ठुलो राजस्व तिर्ने जनतालाई घुमाइ फिराई दोहरो कर लिन नहुने सरोकारवालाहरूले पनि बताएका छन् । नगर सरकारले शुक्रवार वडा नम्बर १२ देखी जग्गा नाप जाँचको काम सुरु गर्ने जनाएको छ । जग्गा नाप्नु अघि जग्गाको निस्सा अनिवार्य हुन्छ । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी