कैलालीमा भन्सार छलीका सामानसहित भारतिय नागरिक पक्राउ परेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले जिल्लाको भजनी नगरपालिका–५ कुटी स्थित लखिमपुर खिरी भारत घर भएका २३ वर्षीय सरिफ अलिलाई पक्राउ गरेको जनाएको छ ।

अलिले चलाएको यूपी ३१ एसी ३७३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याएको स्प्राईड ६ पेटी र मोटरसाइकलसहित अन्दाजी एक लाख दस हजार बराबरको सामानसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने तयारी भईरहेको जनाएको छ ।