ई-घोडाघोडी खबर

११ आश्विन २०८२, शनिबार

  • Mohrain Tours and Travels
  • बर्दियामा तीन किलो ९९० ग्राम सालकको खपटासहित एक जना पक्राउ

    बर्दियामा तीन किलो ९९० ग्राम सालकको खपटासहित एक जना पक्राउ
    Spread the love

    गुलरिया (बर्दिया), असोज १० – बर्दियामा तीन किलो ९९० ग्राम तामे सालकको खपटा सहित एक व्यक्ति पक्राउ परेका छन्। गुलरिया नगरपालिका–५ बालापुरका ४७ वर्षीय किशोरीलाल थारूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनको घरमा छापा मारेर पक्राउ गरेको हो।

    थारूको घरमा लुकाइ राखिएको सालकको खपटा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइ आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका नायव उपरीक्षक (डीएसपी) देवेन्द्रकुमार मल्लका अनुसार बरामद गरिएको खपटा तामे सालकको रहेको पुष्टी भएको छ।

    नेपालमा पाइने तामे सालकलाई सङ्कटापन्न प्रजातिमा र कालो सालकलाई अति सङ्कटापन्न प्रजातिको सूचीमा राखिएको छ। यस्ता सालक तथा खपटाको अवैध कारोबार अन्तर्राष्ट्रिय बजारमा हुने गरेको छ। वन्यजन्तुको संरक्षणका लागि नेपालमा सालकको खपटा राख्न, ओसारपसार गर्न वा किनबेच गर्न कानूनले निषेध गरेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी