ई-घोडाघोडी खबर

२५ कार्तिक २०८२, मंगलवार

  • Mohrain Tours and Travels
  • बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी

    बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी
    Spread the love

    शेरबहादुर सार्की
    बाजुरा, असोज ३१ गते । 
    बाजुराका किसानले स्याउ बिक्री गरेर एक करोड २० लाख आम्दानी गरेका  छन् । यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह गौमुलका किसानहरु  स्याउ उत्पादन गरी देशका विभिन्न सहरमा बिक्री गर्दै आएका छन् ।

    यहाँका किसानले यो वर्षमा पनि गाउँमै उत्पादन गरेको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गरेर झण्डै एक करोड २० लाख रुपियाँ आम्दानी गरेका हुन् ।

    यहाँ एक वर्ष राम्रो स्याउ फल्ने र अर्को वर्ष अति कम फल्ने गर्छ । अधिल्लो वर्षमा स्याउ राम्रो उत्पादन भएको थियो भने यो वर्ष अलि त्योभन्दा कम स्याउ उत्पादन भएको किसान बताउँछन् ।

    गत भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो । तर बाटो बन्द भएकोले त्यो स्याउ समयमै बिक्री गर्न लागि बजारसम्म पुर्‍याउन नसकेपछि घाटा बेर्होनु परेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँका स्याउ किसानको मुख्य समस्या भनेकै बाटो र बजारीकरण हो । यहाँ किसानले  प्रत्येक वर्षमा स्याउ राम्रो उत्पादन गर्छन् । तर त्यो उत्पादन गरेको स्याउ बाहिर लानका लागि प्रत्येक वर्षमा बाटो हुँदैन । त्यसैले किसानलाई यी दुई समस्या नहुने हो भने उनीहरुले अन्य खेती छोडेर पनि स्याउ उत्पादन गर्थे ।”

    गत वर्षमा पनि स्याउ पाकेर सकिने बेलामा बाटो खुल्यो । यो वर्षमा पनि त्यसै भयो । यता कर्णाली करिडोरको बाटो खुलेको भएर किसानलाई सहज भयो । त्यतिदेखि स्याउ बजारमा बिक्री गर्दा पनि यहाँका किसाने दुई चार लाख रुपियाँ आम्दानी गरेको रावतले बताउनुभयो ।

    यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले मात्र ४० लाख बराबरको स्याउ बिक्री गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँ झण्डै दुई हजारभन्दा बढी घरधुरी छ । त्यसमा झण्डै १६ सय परिवारले स्याउ लगाउँछन् ।” यहाँ यती बेला १२ ट्रक स्याउ कर्णाली करिडोरदेखि सुर्खेत, नेपालगञ्ज धनगढीलगायतका सहरमा बिक्री हुँदा किसाने ४० लाख आम्दानी गरेको शाहीले बताउनुभयो ।

    बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा नगरपालिकाका स्याउ राम्रो उत्पादन हुन्छ । यहाँका बुढीगङ्गा, खप्तड छेडेदह, बडिमालिका र गौमुलमा स्याउ उत्पादन हुने गरेको भए पनि यहाँभन्दा बढी स्याउ मल्लो क्षेत्रमा हुन्छ ।

    बुढीनन्दा, स्वामिकार्तिक र जगनाथ गाउँपालिकामा यहाँ अन्य स्थानीय तहभन्दा बढी राम्रो स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

    बाजुरामा झण्डै पाँच सय चार हेक्टर जमिनमा स्याउ खेती हुने गरे पनि उत्पादन भने दुई सय हेक्टरमा मात्र हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो वर्षमा बाजुरामा एक सय पचास मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष अलि कम उत्पादन भएको हो । यो वर्ष बाजुराका स्याउ किसानले स्याउ बिक्री गरेर झण्डै एक करोड पचास लाखभन्दा बढी रकम प्राप्त गरेको साहनीले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी