


जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकामा बिजुली आएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल वर्षाका कारण सो पालिकामा रहेको भुवाँखोला जलविद्युतको नहर भत्किँदा यहाँका स्थानीयलाई सात महिना देखि अँध्यारोमा बस्न बाध्य थिए ।
गाउँपालिकाले सो विद्युतको क्षति भएको नहर मर्मत गरेपछि बल्ल बिजुली बलेको हो । बिजुली बन्द भएको सात महिना देखि अँध्यारोमा टुक्कीको भरमा रात काट्दै आएका यहाँका स्थानीयको घरमा सात महिनापछि पुन बत्ती बलेपछि उनीहरुमा खुसी छाएको छ ।
गाउँपालिकाको लामो प्रयासपछि बल्ल गाउँमा बत्ती बलेको जगनाथ गाउँपालिका वडा नं –५ वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०७९ साल असोज १९ देखि २५ गते लगातार परेको वर्षातका कारण आएको बाढी पहिरोलको कारण भुवाखोलाको जलविद्युतको नहर तथा पार्टपुर्जा सबै नष्ट भएका थिए । अहिले गाउँपालिकाको पहलमा ती नष्ट भएका सबै पार्टपुर्जा तथा भत्किएको नहर मर्मत भएपछि बल्ल बिजुली बलेको छ ।”
बिजुली मर्मत भएपछि अब यहाँका स्थानीय २२ घण्टासम्म बत्ती बाल्न पाउने भएका छन् ।
पचास लाख वैकल्पिक उर्जा पाँच लाख गाउँपालिकाको र बीसलाख सुदूपश्चिम सरकारको आर्थिक सहयोगमा बल्ल बिजुली मर्मत भएको अध्यक्ष सार्कीले बताउनुभयो ।
२०७० सालमा तीन करोड लागतमा मिर्माण भएको भुवाँखोला लघु जलविद्यत २०७९ असोजमा १९ गते आएको अविरल वर्षातका कारण बाढीपहिरोले बगाएपछि बन्द भएको थियो ।
एक सय किलोवाटको जलविद्युतबाट जगनाथ गाउँपालिकाका झण्डै एक हजारभन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । यतिबेला गाउँपालिकाको पहलमा वैकल्पिक उर्जा सुदूरपश्चिम सरकार को आर्थिक लगानीमा २०८० जेठ २२ गते पुन बिजुली बलेको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अँध्यारोमा बस्दै आएका दुर्गम गाउँ बस्नीका स्थानीयको घरमा उज्यालो पार्ने गरी विभिन्न ठाउँमा पहल गर्दै गएपछि बल्ल यती बेला स्थानीयको घरघरमा बत्ती बल्न थालेको हो ।”
बत्ती नहुँदा यहाँका सरकारी तथा गैरसकारी कार्यालयले स्थानीयलाई विद्युतीय सेवा दिन निकै असज भएको थियो ।
बिजुली, शिक्षा, स्वास्थ्य र कृषिले नै यहाँका स्थानीयको जीवनमा परिवर्तन हुने भएकोले गाउँपालिकाले पनि यी विषयमा बढी प्राथमिकता दिँदै आएको जगनाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी