

धनगढी । शैक्षिक सत्र २०८२ को उत्तार्धमा दून एकेडेमी, भन्सार रोड, धनगढी–३, कैलालीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई उद्देश्य गर्दै १६औँ खेलकुद सप्ताह कार्यक्रमको उद्घाटन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री आर.पी. उपाध्यायको सभाध्यक्षतामा रिबन काटी कार्यक्रमको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानाध्यापक उपाध्यायले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, टोली भावना र आत्मविश्वासको विकास गर्नुका साथै नियमित अभ्यासले जीवनमा सकारात्मक सोच निर्माण गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालयकै खेलमैदानमा विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिनुका साथै छात्र तथा छात्रातर्फ १०० मिटर दौड र छात्रतर्फ हाउसवाइज पेनाल्टी सुटआउट प्रतियोगिता सम्पन्न गरिएको थियो ।
खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहहरूलाई प्रधानाध्यापकज्यूको हातबाट पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका हेमा खनालले गर्नुभएको थियो ।


घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी