

डडेल्धुरामा आगलागी भएको छ।
जिल्लाको परशुराम नगरपालिका–१२ मा ४२ वर्षीय केशब भट्टराईको काठले बनेको १ तले कच्चि गाई गोठमा मच्छर भगाउन बालेको स्याउलाको आगोबाट शुक्रवार आगलागी भएको हो। आगलागीबाट ६ वटा चौपायाको मृत्यु भएको र गोठ पुर्ण रुपमा जली नष्ट भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ। स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी