

धनगढी, वैशाख २४ गते । कैलालीको मोहना नदीमा जलपक्षीको चहलपहल अझै कायम रहेको छ । हिउँदे आगन्तुक जलपक्षी उत्तरी ध्रुवतर्फ फर्के पनि यहाँ सङ्कटापन्न नकटासहित विभिन्न प्रजातिका चराको चहलपहल देखिएको हो ।
नकटा, खोया हाँस, बकुल्ला, खोले हुटिट्याउँ, सानो जलेवा लगायतका अन्य रैथाने प्रजातिका चराको अझै पनि चहलपहल मोहना नदीमा देखिएको छ । हिउँदभरि चखेवा लगायतका आगन्तुक चराको चहलपहल थियो । साइबेरिया, मङ्गोलिया, उत्तरी चीनतर्फ गए पनि घरपालुवा हाँसजस्ता देखिने नकटा चराको उपस्थिति अझ निकै राम्रो देखिएको छ ।
स्थानीयवासीका अनुसार मोहना नदी नकटा चराको क्रिडास्थल बनेको छ । बिहानदेखि साँझसम्म नदीमा नकटा चराहरू बस्ने, आहारविहार गर्दै रमाउने गरेको उनीहरू बताउँछन् । नेपालमा सङ्कटापन्न नकटा चरा सबैभन्दा बढी पश्चिम क्षेत्रमा पाइने गरेका छन् । कैलाली, कञ्चनपुरका विभिन्न तालतलैया, सिमसारमा यी प्रजातिको चरा बढी देखिने गरेको चराविद हिरुलाल डङ्गौराले बताउनुभयो ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी