ई-घोडाघोडी खबर

३१ बैशाख २०८३, बिहीबार

  • Mohrain Tours and Travels
  • घोडाघोडीका संस्थागत विद्यालयको एसइईमा उत्कृष्ट नतिजा, दुई विद्यालय शतप्रतिशत सफल

    घोडाघोडीका संस्थागत विद्यालयको एसइईमा उत्कृष्ट नतिजा, दुई विद्यालय शतप्रतिशत सफल
    Spread the love

    ३० वैशाख, सुखड । सोमबार सार्वजनिक भएको एसइई २०८२ को नतिजामा कैलालीको घोडाघोडी नगरपालिका भित्रका संस्थागत विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषगरी न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलपायोनियर स्कलर्स एकेडेमी ले शतप्रतिशत नतिजा हासिल गर्दै आफूलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गरेका छन् ।

    विद्यालयहरूले दिएको जानकारीअनुसार एसइई परीक्षामा सहभागी भएका न्यु स्टारका २१ जना विद्यार्थीमध्ये सबै २१ जना तथा पायोनियरका ३४ जना विद्यार्थीमध्ये सबै ३४ जना ग्रेडेड भएका छन् । विद्यालय प्रशासनले नियमित पठनपाठन, अनुशासित शैक्षिक वातावरण, अतिरिक्त कक्षा सञ्चालन, अभिभावकसँगको निरन्तर समन्वय तथा नतिजामुखी शिक्षण पद्धतिका कारण यस्तो सफलता हासिल भएको जनाएको छ ।

    यसैगरी अन्य संस्थागत विद्यालयहरूमध्ये घोडाघोडी सामुदायिक विद्यालय ले ९७ दशमलव १८ प्रतिशत, कमल बम मेमोरियल इङ्ग्लिस स्कुल ले ९४ दशमलव ७४ प्रतिशत, ज्ञान ज्योति विद्या मन्दिर ले ९४ दशमलव ४४ प्रतिशत तथा सप्तश्री माध्यमिक विद्यालय ले ८९ दशमलव २९ प्रतिशत नतिजा हासिल गरेका छन् ।

    यस वर्षको एसइई नतिजाले घोडाघोडी क्षेत्रको शैक्षिक गुणस्तर निरन्तर सुदृढ बन्दै गएको संकेत गरेको स्थानीयवासीले बताएका छन् ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी