

घोडाघोडी, कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका–४, जनकपुरका प्रतिभाशाली विद्यार्थी यज्ञराज न्यौपानेले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमाMBBS अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।
पढाइमा सधैं अब्बल रहेका यज्ञराजले यसअघि २०७८ सालमा नगर प्रथम स्थान हासिल गरेका थिए। साथै, उनले SEE परीक्षामा कलम बम मेमोरियल इङ्ग्लिस स्कूलबाट समेत नगर प्रथम बन्न सफल भएका थिए ।
उनको शैक्षिक सफलताको अवसरमा घोडाघोडी नगरपालिका–४ वडा कार्यालयले एक विशेष कार्यक्रमको आयोजना गर्दै उनलाई बधाई तथा शुभकामनासहित सम्मान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खडक रावतले यस्ता प्रतिभालाई आगामी दिनमा अझ प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउँदै प्राविधिक तथा चिकित्सा शिक्षाको अध्ययनलाई प्रवर्द्धन गर्न स्थानीय तहबाट छात्रवृत्ति, तालिम तथा सहयोग कार्यक्रम विस्तार गरिने बताएका छन्।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष भरत शाहीले गरेका थिए भने सञ्चालन वडा सचिव माया कुमारी पन्तले गरेकी थिइन्। कार्यक्रममा वडा सदस्यहरू, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।


घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी