ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

    कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ
    Spread the love

     कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको जानकी गाउँपालिका–४ का १९ वर्षीय नबीन कठरीया २ सय मिलिग्राम लागुऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

    यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६ हात्तीबोझामा सोही ठाउँका २६ वर्षीय बिरेन्द्र बडायक पक्राउ परेका छन्। भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका बडायकलाई चेकजाँच गर्दा ०.३७ मि.ग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। बडायकलाइ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले  पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी