ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • शुक्लाफाँटामा चिनियाँ बकुल्ला फेला

    शुक्लाफाँटामा चिनियाँ बकुल्ला फेला
    Spread the love

    अविनाश चौधरी

    धनगढी, असार १८ गते । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र झिलमिलामा चिनियाँ बकुल्ला फेला परेको छ । बेल्डाँडी गाउँपालिकाको झिलमिलामा हिजो सो बकुल्ला फेला परेको हो । 

    चरा अनुगमनको क्रममा संरक्षणकर्मी एवम् नेपाल पंछी संरक्षण सङ्घका हिरुलाल डङ्गौराले चिनियाँ बकुल्ला फेला परेको बताउनुभयो । सुदूरपश्चिममा पहिलो पटक चिनियाँ बकुल्ला देखिएको उहाँको भनाइ छ । 

    उहाँका अनुसार नेपालमा यो तेस्रो पटक फेला परे पनि सुदूरपश्चिममा पहिलो पटक हो ।  नेपालमा पहिलो पटक गतवर्ष चितवनमा चिनियाँ बकुल्ला भेटिएको थियो । आसकोटे बकुल्ला, वस्तु बकुल्ला, मझौला सेतो बकुल्ला र सानो सेतो बकुल्लाको समूहमा धान खेतमा चरिरहेको अवस्थामा चिनियाँ बकुल्ला भेटिएको चराविज्ञ डङ्गौराले जानकारी दिनुभयो । 

    उहाँले चिनियाँ बकुल्ला फेला पारेपछि काठमाडौंका सिम्रन ढकाल, नेचर गाइड महानन्द जोशी, विद्यार्थी नवदीप डङ्गौरा र शुक्लाफाँटाका गेमस्काउट अर्जुनदत्त जोशीले बकुल्लाको अवलोकन गर्नुभएको छ । 

    प्रजनन समयमा बाहेक आसकोटे बकुल्लाझैं देखिने चिनियाँ बकुल्ला टाउको, छाती र घाँटीमा हुने कटुसे रङले पहिचान हुनेगर्छ । मुख्यतः चीन, दक्षिण कोरिया र जापानको रैथाने यो बकुल्ला नेपालका लागि फिरन्ते प्रजाति रहेको जनाइएको छ । 

    चिनियाँ बकुल्ला भेटिएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६१ पुगेको छ । नयाँ चराको आगमन र अभिलेखले शुक्लाफाँटाको सिमसार र वनजङ्गल चराहरुको लागि महत्वपूर्ण रहेको पुष्टि भएको डङ्गौराको भनाइ छ । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी