


बैतडीमा एक १९ बर्षीया किशोरी मृत फेला परेकी छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ बर्षीया चन्द्रा बिष्ट मृत अवस्थामा फेला परेकी हुन्। घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए। शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा फेला परेकी हुन्।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट मृत्युको कारण भने खुलेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी