

अछामः अछाममा जीप दुर्घटना भएको छ। सोमबार बिहान जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जीप दुर्घटनामा परेको हो।
गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जीप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ। जीपमा चालक धनबहादुर थापा मात्रै रहेको बुझिएको छ। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी