ई-घोडाघोडी खबर

२२ जेष्ठ २०८३, शुक्रबार

  • Mohrain Tours and Travels
  • बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

    बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ
    Spread the love

    बैतडीः बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

    जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ लडागाउँका १८ वर्षीय एक किशोरले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेपछि ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जबरजस्ती करणीमा संलग्न किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

    किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी