


सुखड,कैलाली
‘कट्ना तर्पु ’बोलको गीतको थारु नयाँ म्युजिक भिडियो आज पुसे १५ को अबसरमा सार्वजनिक हुने भएकोछ।
गायक ए के चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको गीत ‘कट्ना तर्पु’ आज पौष १५ आइतबार दिउसो ३ :०० बजे सार्वजनिक गरिनेछ । गीतमा भानु प्रताप चौधरीको शब्द र गणेश चौधरीको संगीत रहेको छ।
डान्सिङ विट रहेको भिडियोमा भानु प्रताप चौधरी र समु चौधरीको अभिनय रहेको छ। सुरज देब कुसुमियाको कोरियोग्राफी तथा निर्देशन रहेको छ।
यस म्युजिक भिडियोमा निर्देशकसुरज देब कुसुमियाले गीतको भावजस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन्।
दर्शकले भानु प्रताप र समुको जोडीलाई उक्त भिडियोमा दमदार नृत्य गरेको हेर्न पाउने छन् ।
यस म्युजिक भिडियोमा सुमित चौधरी र मदन चौधरीको छायांकन रहेको छ भने शरद सिंहको सम्पादन र रंग संयोजन रहेको छ। यस्तै, गीतको भिडियो मल्टीफ्रेम युट्युब च्यानल मार्फत सार्वजनिक गरिने छ।


घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी