

अछामः बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन्। गाउँपालिकाले आज (बिहीवार) शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए।
उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ। शाहको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रवार मृत्यु भएको थियो।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी