ई-घोडाघोडी खबर

२४ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • धनगढीको सडकमा साइकल लेन सञ्चालन

    धनगढीको सडकमा साइकल लेन सञ्चालन
    Spread the love

    कैलाली : कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो ।

    आज एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गर्नुभयो । धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा ४४ लाख ९१ हजार रुपियाँ खर्चेर साइकल लेन बनाएको हो ।

    कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म ७.१४ किलोमिटर दायाँ र त्यत्ति नै दूरीमा बायाँ गरी ६ लेनको दुवैतिर साइकल लेन बनाएको छ । उद्घाटनपछि नगर प्रमुख गोपाल हमालसहित साइकल यात्रीले साइकल लेनमा साइकलसमेत चलाएका थिए । सो क्रममा हमालले सबै साइकल यात्रीलाई साइकल लेनमा मात्र साइकल चलाउन आग्रह गर्नुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी