ई-घोडाघोडी खबर

१७ जेष्ठ २०८३, आईतवार

  • Mohrain Tours and Travels
  • पक्की पुलमा एक पटक एउटा गाडी

    पक्की पुलमा एक पटक एउटा गाडी
    Spread the love

    बाजुरा समाचारदाता

    बाजुरा, फागुन ३ गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ ।

    दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो ।

    पुलको लोड टेस्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकाले अहिले एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा १५/१५ टनका तीन गाडी हाल्दा पुल चर्किएपछि एक पटकमा एउटा मात्र गाडी गुडाउन साइनबोर्ड टाँस गरिएको बताइएको छ ।

    उक्त पुल मात्रै होइन बाजुराका अन्य करोडौँ रुपियाँका भौतिक पूर्वाधार निर्माणका योजना पनि ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त हुने गरेका छन् । म्याद थपिन्छ काम लम्बिन्छ । यस विषयमा सरोकारवाला निकायलाई भने कुनै चासो नभएको स्थानीय बताउँछन् ।

    ४५ टनको भार लोड धान्नुपर्ने सो पुलले लोड धान्न नसकेपछि एक पटक एउटा मात्र गाडी चल्ने गरेर बोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण कमसल देखिएपछि अहिले फेरि पुनर्निर्माण गर्ने गरेर रोजेन्द्र थेगिम जेभी कैलालीलाई पत्र पठाएका छाैँ ।”

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी