ई-घोडाघोडी खबर

१२ जेष्ठ २०८३, मंगलवार

  • Mohrain Tours and Travels
  • माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
    Spread the love

     नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी पार्टीका तीन मन्त्रीलाई पदमुक्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो ।

    दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिनुभयो ।

    माओवादीबाट झपट साउद, रमेशसिंह धामी मन्त्री र गीता माल राज्यमन्त्री रहेका थिए । गतवर्ष माघ २६ गते नेपाली कांग्रेसको नेतृत्वमा चार दल सम्मिलित संयुक्त सरकार गठन गरिएको थियो ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहसँग बहुमत अझै कायमै रहेको छ । सरकारमा सहभागी नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) का चार गरी २९ जना सदस्य सरकारको पक्षमा रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    कार्यालय प्रमुख : इन्दु के. सी.

    प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री

    बजार व्यवस्थापक :

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी