


थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा लगभग १८ वर्ष पहिले रेकर्ड गरिएको थारु आईटम म्युजिक अडियो “छल्कल जियरा मोर” को म्युजिक भिडियो थारु होमस्टे गाउँ भादा धनगढी कैलालीमा छायांकन सम्पन्न भएको छ ।
विगतमा थारु समुदायमा रहेका जमिनदारले गर्ने मनोरंजन, यस भिडियोमा देखाउन खोजिएको छ। । यस म्युजिक भिडियोका निर्माता वरिष्ठ कलाकार राजकुमार जोशी हुन। जोशी स्वयम् मुख्य भुमिकामा रेहेका यस भिडियोमा थारु मेघा स्टार संगत थारु, सुमित्रा चौधरी, गायक राजु चौधरी राज, गङ्गा डङ्गौराको पनि अभिनय रहेको छ।

छायांकन सतिश सिन्हाको रहेको छ भने निर्देशन मासुम विष्टको रहेको छ। पोस्ट प्रोडक्सन सि. एस. फिलिम्स धनगढी प्रा. लि.को रहने छ। शिखर आर्ट्स प्रा. लि. धनगढी कैलालीको प्रस्तुतीमा बन्दै गरेको यस थारु म्युजिक भिडियोको गीतमा अवाज कोमल राज भन्डारीको रहेको छ भने शब्द विवस देवान र चन्द्र चौधरी चाँदको रहेको छ।
संगीत कमल कृष्णको रहेको छ। म्युजिक भिडियो चाडै युट्युवमा सार्वाजानिक गर्ने भनी निर्माण पक्षले जनाएको छ।

घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी