ई-घोडाघोडी खबर

४ जेष्ठ २०८२, आईतवार

  • Mohrain Tours and Travels
  • खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी

    खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी
    Spread the love

    डोटी, जेठ ११ गते । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।

    चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म तीन लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् । पौडेलका अनुसार आव २०७९/८० मा सात लाख ८७ हजार छ सय २६ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।

    आव २०७८/७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा नौ लाख २० हजार आठ सय २९ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उहाँले बताउनुभयो ।

    हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपतकालीन उद्धारमा समस्या हुने गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि एक सय, सार्क मुलुकका नागरिकलाई पाँच सय र अन्य विदेशीका लागि एक हजार पाँच सय तोकिएको छ । रासस

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक :

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी